शेयर बजारमा सुधारको क्रममा निरन्तरता, नेप्सेमा सामान्य सुधार, झण्डै साढे छ अर्बको कारोवार

काठमाडौं : नेप्से सूचक बुधबार पनि बढेको छ । यस दिन सूचक ६.५३ विन्दुले बढेर २हजार ६५३.३८ अंकमा आएको छ । बुधबारसहित नेप्से सूचक लगातार छैटौं दिन बढेको हो ।
पछिल्ला दिनहरुमा बजारले सु्धारको संकेत देखाइरहेको छ । सूचकसँगै कारोबार रकम पनि बढ्दै गएको छ । बुधबार ६ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेका छन् । ६ वटा समूहको सूचक हरियो हुँदा फाइनान्स समूह सबैभन्दा बढीले वृद्धि भएको छ ।
यस दिन ३०५ कम्पनीको १ करोड ५५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २२ करोड ५३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा न्यादी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सिन्धु विकास बैंक र सुपर मादी हाइड्रोपावर परेका छन् ।