एनसेललाई सूचना सुरक्षा र डेटा गोपनीयताका लागि आइएसओ मान्यता

कृष्णानन्द भट्ट,  काठमाडौं ।              

एनसेल सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आइएसएमएस) र गोपनीयता सूचना व्यवस्थापन प्रणाली (पीआइएमएस) प्रमाणित हुने नेपालको पहिलो दूरसञ्चार कम्पनी भएको छ।

कम्पनीको डेटा सेन्टर, ग्राहक सेवा र आइटी सर्भिसेज्ले आइएसओ २७००१:२०२२ (आइएसएमएस) र २७७०१:२०१९ (पीआइएमएस)को  मान्यता पाएको हो।

‘यी विश्वव्यापी मान्यताहरू प्राप्त गर्नु हाम्रो सूचना सुरक्षा र गोपनीयता व्यवस्थापनलाई सुदृढ पार्ने निरन्तर प्रयासको प्रमुख कोसेढुङ्गा हो। यसले एनसेल निरन्तर सुधार र उत्कृष्टता प्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको, गुणस्तर र सुरक्षाप्रति सधैँ समर्पित रहेको स्पष्ट पार्दछु’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले बताए ।।

ग्राहक र साझेदारका डाटा साइबर थ्रेट र अनधिकृत पहुँचबाट जोगाउन एनसेलले सशक्त उपाय कार्यान्वयन गरेको आइएसओ २७००१ मान्यताले सुनिश्चित गरेको कम्पनीले जनाएको छ। त्यसैगरी, आइएसओ २७७०१ ले व्यक्तिगत डेटा सुरक्षा गर्न, उल्लघनको जोखिमलाई कम गर्न र गोपनीयतामा उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासको अनुपालन गरेको सुनिश्चित गरेको कम्पनीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्