जीवन विकास लघुवित्तले १४ प्रतिशत बोनस दिने

काठमाडौं : जीवन विकास लघुवित्त वित्तीय संस्थाको छैठौं साधारणसभाले बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको छ। आइतबार केन्द्रीय कार्यालय कटहरीमा भएको साधारणसभाले आर्थिक वर्ष २०८०र०८१ को मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
आर्थिक वर्ष २०७९/०८० को वितरण योग्य मुनाफाबाट पनि जीवन विकासले १४ प्रतिशत नै बोनस शेयर वितरण गरेको थियो । आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट पनि शेयर सदस्यहरूका लागि १४ प्रतिशत बोनस वितरण गरेको हो ।
जीवन विकासको चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ छ। छैठौं साधारणसभाबाट १४ प्रतिशत अर्थात् १८ करोड ८६ लाख ५२ हजार ६४६ रुपैयाँ रुपैयाँ बोनस शेयर पारित भएपछि भएपछि जीवन विकासको चुक्ता पुँजी १ अर्ब ५३ करोड ६१ लाख ७१ हजार ५४६ रुपैयाँ पुग्नेछ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेवा ३१ जिल्लामा पुगेको छ। यसका शाखा संख्या १६० वटा छन् ।