फोनपे पेमेण्ट सर्भिसले १०.५३ प्रतिशत नगद लाभांस वितरण गर्ने

काठमाडौं : फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सोमबार ललितपुर पुल्चोकस्थित एलिस कन्फरेन्समा सञ्चालक समितिका अध्यक्ष  सशीन जोशीको अध्यक्षतामा सभा  सम्पन्न भएको हो । 

साधारणसभाले शेयरधनीहरुलाई २०८१ अषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांस (कर समेत) वितरण गर्ने निर्णय गरेको छ ।

यस्तै सभामा आ.व. २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा-नोक्सान, हिसाब तथा नगद-प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ । फोनपेको  आ.व. २०८१/८२ को लेखापरिक्षक  नियुक्ति गर्ने निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्