गठबन्धनमा खटपट आएपछि प्रधानमन्त्री दाहालले गरे झलनाथसँग छलफल


काठमाडौं : सत्ता गठबन्धनमा खटपट आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल  र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता भएको हो ।

उनीहरुबीच सुदूरपश्चिम प्रदेशको सरकार गठन, उपनिर्वाचन र समसामयिक विषयमा छलफल भएको छ। प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीलाई सुदूरपश्चिमबाट ब्याक गराउन छलफल केन्द्रित गरेका हुन्।

सुदूरपश्चिममा एकीकृत समाजवादी विद्रोह गर्दै प्रतिपक्षी कांग्रेससँग नयाँ गठबन्धनका लागि टाँसिएपछि राष्ट्रिय राजनीतिमा हलचल पैदा भएको छ। यससँगै संघीय र केही प्रादेशिक सरकारको भविष्य अन्योलमा परेको छ। 

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा अध्यक्ष उपेन्द्र यादव र समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सुदूरपश्चिममा सरकार बनाउनेबारे बालुवाटारमा आइतबार छलफल भएको थियो। उक्त छलफलमा सुदूरपश्चिम नागरिक उन्मुक्तिलाई दिने प्रस्ताव आउनेबित्तिकै माधव कुमार नेपाल बैठक छोडेर हिँडेका थिए।  

त्यसपछि सत्ता गठबन्धनकै घटक दल नेकपा एकीकृत समाजवादीले कांग्रेसको गठबन्धनमा सहभागी भएर नागरिक उन्मुक्ति ९रेशम पक्ष० का लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थनमा  गरेको छ। समाजवादीका सुदूरपश्चिम संसदीय दलका नेता दीर्घबहादुर सोडारी आफैं प्रदेश प्रमुखको कार्यालयमा पुगेर आफ्नो समर्थन कांग्रेस, उन्मुक्ति ९रेशम पक्ष०गठबन्धनमा रहेको दाबी गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?