कांग्रेसलाई संसद्को गतिरोध अन्त्य गर्न अध्यक्ष ओलीको आग्रह

 काठमाडौ : नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले  नेपाली कांग्रेससँग संसद्को गतिरोध अन्त्य गर्न आग्रह गरेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशको पुरानो पार्टी कांग्रेसलाई नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भएकाले सदनको गतिरोध अन्त्यका लागि आग्रह गरे । उनले भने, 'नेपाली कांग्रेसले आफूलाई परिवर्तन गर्नुपर्छ ।,

उनले राजनीतिक स्थायित्वका लागि सहमति, सहकार्य र एकताको आवश्यकता औँल्याउँदै अहिले मूल विषय भनेको जनताको समस्या समाधान गर्नु रहेको बताए । उनले वर्तमान संविधान जारी गर्दाका बखत राजनीतिक दलबीचको भएको एकता, सहकार्य र सहमति अहिले पनि आवश्यक भएको उल्लेख गरे ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?