राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समितिको बैठक बस्दै

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समितिको बैठक आजबाट बस्ने भएको छ । बैठक शुक्रबार बिहान ११ बजे बसुन्धरामा बस्ने जनाइएको छ ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमहरुबारे छलफल हुनेछ । साथै पार्टीका आगामी रणनीतिका बारेमा पनि छलफल हुने बताइएको छ । बैठकको समापन आइतबार हुने जनाइएको छ ।