त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झन्डै एक घण्टा अवरुद्ध

काठमाडौँ : धावनमार्गको पिच उप्किएपछी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झन्डै एक घन्टा अवरुद्ध भएको छ।  विमानस्थलका प्रवक्ता सुवाष झाका अनुसार, धावनमार्गको चार्ली र डेल्टा ट्याक्सीवे सेक्सनको मध्यभागमा अलकत्रा र गिट्टी उप्किएपछि उडान बन्द गरिएको थियो ।

धावनमार्गमा अवतरण गर्ने जहाजले टावरलाई पिच उप्किएको जानकारी गराएपछि काठमाडौं विमानस्थलले सबै उडान रोकेको हो । मर्मतपछि अहिले भने विमानस्थल सञ्चालनमा आएको प्रवक्ता झाले बताए । ‘१२:४८ बजेदेखि धावनमार्ग सुचारु भयो,’ विमानस्थलस्थित टर्मिनल कार्यालयले भन्यो,‘झन्डै एक घण्टा खाल्डो मर्मत गर्न उडान अवतरण रोकिए ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्