गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत प्राप्त

काठमाडौँ :गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पण्डेले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको बैठकमा पाण्डेले राखेका विश्वासको मत सम्वबन्धि प्रस्तावमा मतदान हुँदा मुख्यमन्त्री पाण्डेको पक्षमा ३१ मत र विपक्षमा २८ मतको परेको छ ।
मुख्यमन्त्री पाण्डेको पक्षमा काँग्रेसका २७ राप्रपाका २ ,नेपाल समाजवादी पार्टीका १ र स्वतन्त्र सांसद राजिव गुरुङ मनाङे मतदान गर्नु भयो । मतदानमा ५९ जना उपस्थित भएका थिए ।