भौतिक मन्त्रालयको बजेटको ठूलो हिस्सा धनुषा र झापा जिल्लामा राखेको भन्दै शाहीको आपत्ति

काठमाडौँ : आगामी आर्थिक वर्ष २०८१/८२ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटको ठूलो हिस्सा धनुषा र झापा जिल्लामा राखेको भन्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आपत्ति जनाएका छन् । 

भौतिकमन्त्रीलाई भन्न चाहन्छु तपाईं नेपालको मन्त्री हो कि धनुषाको मन्त्री हो ? डाटा छ मसँग हावामा बोलेको छैन, उनले भने, धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ र ४ गरी भौतिक तथा पूर्वाधार मन्त्रालयले धनुषा जिल्लाभरी ८ अर्ब ७७ करोड ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । झापा जिल्लामा ६ अर्ब ७० करोड गरेको छ । जम्मा गरेर १५ अर्ब ४७ करोड ४९ लाख रुपैयाँ झापा र धनुषामा गरेका छन् । तर सिंगो कर्णालीका १० वटा जिल्लालाई समेटेर उनले बजेट विनियोजन गरेका छन् ।

कर्णालीको अपमान गरिएको उनको भनाइ थियो । उनले थपे, '१५०' अर्ब ५३ करोडको बजेट भइरहँदा झापा र धनुषाले १० प्रतिशत बजेट भौतिक मन्त्रालयबाट पाएको छ भने कर्णालीले ४.८९ प्रतिशत बजेट पाएको छ। यहाँ भन्न चाहन्छु भौतिक तथा पूर्वाधारमन्त्री झापा र धनुषाको मन्त्री हो कि नेपालको हो ? मन्त्रीले बजेट विनियोजन गर्दा विभेद गरेको भन्दै शाहीले आक्रोश व्यक्त गरेका थिए ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्