वर्तमान सरकार पूर्ण असफल भइसकेको छ,राजीनामा गर्नुस्: सांसद कार्की

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेको दाबी गरेकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद कार्कीले आगामी आर्थिक वर्षको बजेटमा सत्तारुढ दलकै सांसदहरूको असन्तुष्टि रहेकाले सरकार असफल भएको बताइन् । 

बजेटमा सत्तारुढ दलकै सांसदको असन्तुष्टि हुनुले नैतिकताको आधारमा मन्त्रीहरूले राजीनामा दिनुपर्ने उनको भनाइ थियो । उनले परराष्ट्र मन्त्रालयको खर्च विदेशमा भ्रमण गर्न र फर्निचर किन्न मात्रै भइरहेको भन्दै त्यसलाई कटौति गरेर आन्दोलनरत संघीय संसद् सचिवालयका कर्मचारीलाई भत्ता दिनुपर्ने बताइन् ।

परराष्ट्र मन्त्रालयको खर्च विदेशमा घुम्नु, भ्रमण गर्नु र फर्निचर आदि किन्नुमा जाने रहेछ । यसमा कटौती गरियोस् । यसको रकम संसद् सचिवालयको कर्मचारी भत्ता नपाएर आन्दोलिन हुनुभएको छ, उहाँहरूलाई दिइयोस् भनेर प्रस्ताव राख्न चाहन्छु । रसियामा २५ जना मरिसके । परिवारले दुःख पाएका छन् । नेपाली युवा कतिजना मरेपछि मात्र कुटनीतिक पहल गरेर रसियामा गएका सैनिकलाई फिर्ता गर्न सकिन्छ? उनले प्रश्न गरिन्, रसियाले टेरेन भने परराष्ट्र मन्त्रालय कुटनीतिक पहलमा असफल भएको होइन र ? भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्रीले भेटेको जुन दृश्य देखियो त्यो दृश्य कुटनीतिक आचारसंहितामा पर्छ कि पर्दैन ?

उनले चाँडोभन्दा चाँडो कुटनीतिक पहल गरेर रसियामा बन्धक नेपाली युवालाई फिर्ता ल्याउनुपर्ने बताइन् । उनले गृहमन्त्री रवि लामिछानेलाई सुझाइन्, 'गृहमन्त्रीसँग अनुरोध, बस्तीहरूलाई राम्रो ठाउँमा ल्याउँ । के यो सरकार फेल भएको हो ? सत्तापक्ष पनि विरोधी, विपक्ष हुने भैहाल्यो । सरकार असफल भएको हो ? नैतिकताको दृष्टिले सरकारले राजीनामा दिनु पर्ने कि नपर्ने ? यो सरकार पूर्णतः फेल भइसकेको छ । राजीनामा गर्नुस् ’ उनको भनाइ थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्