प्रभु साहले उठाए प्रधानमन्त्री दाहालको नैतिकतामाथि प्रश्न

काठमाडौँ : आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहालको नैतिकतामाथि प्रश्न उठाएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्री दाहाल आफ्नो बोलीमा अड्न नसकेकाले पदमा बसिरहन नमिल्ने अवस्था आएको जिकिर गरे।

प्रधानमन्त्रीले संघमा ३ करोडभन्दा घटीको योजना रहँदैन भन्ने गरे पनि त्यो लागू नभएको उल्लेख गर्दै उनले आफ्नै कुरामा टिक्न नसक्ने प्रधानमन्त्रीले नैतिक रुपमा पनि पदमा बस्न नमिल्ने बताए। अध्यक्ष साहले नेपाली जनताले तिरेको कर पहुँचवालाको लागि मात्रै वितरण गर्ने काम गर्न नहुने उल्लेख गरे।

उनले भने, ‘प्रधानमन्त्रीज्यूले भन्नुभएको थियो– हामी यो संघीयतालाई कार्यान्वयन गर्छौं। अब संघमा ३ करोडभन्दा घटीको योजना रहँदैन, सोध्न चाहन्छु– प्रधानमन्त्रीजी तपाईंको कुरा चलेको छ कि छैन ? चलेको छैन भने तपाई कुन मोरलले त्यहाँ बस्नुहुन्छ? ’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्