आज मौद्रिक नीति सार्वजनिक भएन्, अब कहिले होला ?

काठमाडौं : नेपाल राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजनिक  हुन सकेन् ।  केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई मौद्रिक नीतिबारे ब्रिफिङ गर्नु परेका कारण आज मौद्रिक नीति सर्वाजनिक नभएको  बताएको छ।

नयाँ सरकार गठनपछि प्रधानमन्त्री बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व अर्थमन्त्री तथा गभर्नर डा. खतिवडालाई आफ्नो प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेका थिए।

उनलाई मौद्रिक नीति ब्रिफिङ गर्नु परेकोले आज तय भएको मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम स्थागित भएको हो। मौद्रिक नीति सार्वजनिक गर्न आज बिहान सञ्चालक समितिको बैठक बोलाइएको थियो।

मौद्रिक नीति सार्वजानिक गर्न आज केन्द्रिय बैंकले बिहान ८ बजे नै बोर्ड बैठक बोलाएको थियो । मौद्रिक नीति पारित गर्ने मुख्य एजेण्डा राखेर राष्ट्र बैंकले बोर्ड बैठक बोलाएको थियो । आज विहान नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बोलाएको भएता पनि एजेन्डामा मौद्रिक नीति नै समावेश नभएको पाइएपछि केहि बेरसम्म सञ्चालकहरु पनि अलमलमा परेका थिए। तयारी नपुगेकाले मौद्रिक नीति सार्वजनिक गर्नलाई अर्को मिति तय गरिएको जानकारी गभर्नर महाप्रसाद अधिकारीले गराएपछि अन्य एजेण्डामा छलफल भएको बुझिएको छ। सो कारण मौद्रिक निति आगामी साताको लागि सारिएको जानकारी बोर्डलाई गराएको छ । मौद्रिक नीतिको लागि तयारी अपुग भएको हो। सम्पूर्ण तयारी पुगेको अवस्थामा आउँदो साता मंगलबारसम्ममा मौद्रिक नीति सार्वजनिक हुने स्रोतले बताएको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बिहीबार नै उच्च व्यवस्थापन तहमा छलफल गरी मौद्रिक नीति पास गरेर दिउसो अर्थमन्त्री विष्णु पौडेललाई ब्रिफिङ गरेका थिए। अर्थमन्त्रीले ग्रिन सिंनल दिएपछि शुक्रबार नै बोर्ड बैठक बोलाइएको हो। तर प्रधानमन्त्रीको आर्थिक सल्लाहाकार डा. युवराज खतिवडाले बिफ्रिङ गर्ने भएसँगै आज मौद्रिक निति सार्वजनिक नभएको राष्ट्र बैंकको स्रोतले जनाएको छ।

मौद्रिक नीतिले यसअघि कडाइ गरिएका नीतिगत व्यवस्थाहरुमा लचकता अपनाउने भएको छ। मौद्रिक नीतिले शेयर धितो कर्जाको जोखिम भार घटाउने तयारी गरेको छ भने शेयर धितो कर्जाको सिमामा समेत पुनरावलोकन गर्ने तयारी रहेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्