कम्युनिष्ट र नेपाली कांग्रेसले मिलेर जनआन्दोलन गर्नुपर्ने पुष्पलालको विचार सही : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ निरङ्कुश राजतन्त्रविरुद्ध लडेको स्मरण गरेका छन्। पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा आज उनले सामाजिक सञ्जालमार्फत् ओलीले उच्च सम्मान र श्रद्धा व्यक्त गर्दै सामन्तवादको अन्त्य गर्न खेलेको भूमिका स्मरण गरेका हुन्।

उनले निरङ्कुश राजतन्त्रविरुद्ध कम्युनिष्ट र नेपाली कांग्रेसले मिलेर जनआन्दोलन गर्नुपर्ने पुष्पलालको विचार सही सावित भएको स्मरण गरे। 

‘उहाँले नै सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यसाथ कम्युनिस्ट घोषणापत्र नेपालीमा अनुवाद गर्नुभयो र पार्टी स्थापनाको नेतृत्व गर्नु भयो।’ ओलीले भनेका छन्,‘निरङ्कुश राजतन्त्रविरुद्ध कम्युनिस्ट र कांग्रेसले मिलेर संयुक्त जनआन्दोलन गर्नु पर्ने उहाँको विचार सही साबित भयो। मेरा अग्रज नेता पुष्पलालको स्मृति दिवसमा उहाँप्रति उच्च सम्मान र श्रद्धा !’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्