अन्तरिम सरकारको नेतृत्व गर्न फर्किए युसुफ बंगलादेश

काठमाडौँ : नोबेल पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गर्न आज (बिहीवार) स्वदेश फर्किएका छन्।

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि आन्दोलनकारी विद्यार्थीहरूको माग बमोजिम राष्ट्रपतिले प्राध्यापक युनुसलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गरेका थिए।

उनले आज (बिहीवार) नै शपथ तथा पदभार ग्रहण गर्ने अपेक्षा गरिएको छ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्