बङ्गलादेशमा रहेका नेपाली‍को सुरक्षा प्रबन्ध मिलाउन कांग्रेस नेता कोइरालाको आग्रह

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बङ्गलादेशमा रहेका नेपालीहरूको सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत कोइरालाले नेपाल फर्कन चाहनेहरूलाई सुरक्षित नेपाल ल्याउन पनि सरकारलाई आग्रह गरेका हुन् ।

उनले बङ्गलादेशमा राजनीतिक र धार्मिक आस्थाका कारण कसैप्रति भेदभाव र अमानवीय व्यवहार नगर्न समेत सबैमा आग्रह गरेका छन्। यस्तै जतिसक्दो छिटो लोकतान्त्रिक विधि शुरु हुनेमा आफू विश्वस्त रहेको उनको भनाई छ ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्