कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउन प्रधानमन्त्री ओलीलाई काठमाडौका मेयर बालेनको सुझाव

काठमाडौँ : काठमाडौँ महानगरका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना कार्यकर्ताहरुलाई सामन्य ज्ञान दिएर राजनीतिमा लगाउन सुझाव दिएका छन् ।

एमालेबाट प्रदेश सांसद बनेकी सांसद रेखा शर्माले नाबालिकालाई घरेलु हिंसा गरेको विषयमा बालेन र एमाले कार्यकर्ताबीच विवाद बढेपछि सोमबार बालेनले  सामाजिक संजालमा एक पोस्ट गर्दै प्रधानमन्त्री ओलीलाई सो सुझाव दिएका हुन् ।

यसअघि मेयर साहले सांसद शर्माको तस्बिर राख्दै उनले लामो समयदेखि एक बालिकालाई घरेलु कामदारका रूपमा राखेको तर सरकारले कारबाही गर्न नसकेको उल्लेख गरेका थिए ।

उनले सोमबार फेसबुकमा लेखेका छन्– 

अहिले बजारमा सर्वोच्चको फैसलाको आधा पाठ ल्याएर भ्रम छर्ने काम भएको छ जबकि सर्वोच्चको मुद्दा रेखा कुमारी र महानगर बिचको मुद्दा होइन । बालिकाको बाबुले मेरो छोरी महानगरले अपहरण गर्‍यो भनी बन्दी बनाएको भन्ने रिट हालेका हुन । जुन रिट अदालतले खारेज गरेको छ । अदालतले खारेज गरेपछि महानगरले गरेको उद्धार सही थियो भन्ने पुष्टि भएको कुरा छर्लङ्ग नै छ ।

आमा बाबु भएका बालबालिकाको जैविक आमा बुबा सँगै बस्न पाउने अधिकार हुन्छ ,सर्वोच्चले त्यसको बारेमा पनि बोल्दै बाबु आमाले समेत भेट्न पाउने गरी महानगरपालिकाले बालिकाको पालनपोषण ,शिक्षादीक्षा र स्वास्थ्यको प्रबन्ध गर्नु भनी परमादेश दिएको अवस्था छ । हाम्रो द्वन्द्व बालिकाको आमा बाबु सँग थिएन । त्यसैले बालिकाको बाबु आमाले बालिकालाई महानगरकै संरक्षणमा रहने गरी जिम्मा दिएका छन् ।

बालिकाको उद्धार त भयो तर  बाबुआमा जीवित हुँदा हुँदै बाबुआमाको काखबाट खोसेर यो हदसम्मको अन्याय र  शोषण गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउनु पर्छ कि पर्दैन ?  

महानगरले जेठ १४ गते बालिकाको उद्धार गरेपश्चात् ३ चरणको काउन्सिलङ गर्‍यो । सोही काउन्सिलङका क्रममा बालिकाले त्यहाँ आएदेखि नै विगत ८ वर्ष देखि आफ्नो जैविक बाबु आमा नभेटेको ,घरमा पोछा लगाउने ,करेसाबारीमा काम गर्ने ,खाना पकाउने लगायतका काम गर्नुपर्ने ,केही काम बिगार्दा घरधनी रेखा कुमारी शर्माले लट्ठी र पाइपले पिट्ने गरेको ,तेरो मुख जलाइदिन्छु भनी धम्की दिने गरेको भन्ने खुल्न आयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्