बेपत्ता र सहिद परिवारका सदस्य सम्मानित

काठमाडौं : संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा  नवलपुरमा सहिद तथा द्वन्द्वपीडित परिवारलाई सम्मान गरिएको छ ।  दशवर्षे सशस्त्र द्वन्द्वबाट लोकतान्त्रिक गणतन्त्र ल्याउन योगदान गर्ने सहिद परिवारका तीन जनालाई सम्मान गरिएको हो ।

सहिद परिवारका विनुमाया विक, कमल ज्ञवाली र बेपत्ता परिवारका सदस्य पावर्ती सिग्देललाई सम्मान गरिएको थियो ।

समारोहमा संविधानसभा सदस्य एवं गण्डकी प्रदेशसभाका सदस्य रोशनबहादुर गाहा, राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाले अहिलेको संविधान उत्कृष्ट भएको भन्दै कार्यान्वयन तहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

साबिकको नवलपरासी जिल्ला संघीयतासँगै लुम्बिनी र गण्डकी प्रदेशमा विभाजित भएपछि जिल्लाको नामकरण नहुँदा पूर्वी र पश्चिम नवलपरासी लेख्नु परेको भन्दै संविधान संशोधन गरेर जिल्लाको नाम नवलपुर राख्न माग गरेका थिए 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्