सबै जाति, भाषा, धर्म, संस्कृति मुलुकको समृद्धिका आधार हुन् : अध्यक्ष दाहाल
काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै जाति, भाषा, धर्म, संस्कृति मुलुकको समृद्धिका आधार भएको बताएका छन्। तिहार, नेपाल संवत् ११४५, छठ, फाल्गुनानन्द जयन्ती, गुरु नानक जयन्ती लगायतका धार्मिक सांस्कृतिक चाडपर्वहरुको अवसरमा शुभकामना दिँदै अध्यक्ष दाहालले संस्कृति र सभ्यताहरुको संरक्षण र विकास मुलुकको समृद्धिका आधार भएको बताएका हुन्।
‘चाडपर्वहरुले नेपाली जनताका बीचमा आपसी एकता, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्दै राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पुर्याउँदै आएका छन्। विविधितायुक्त सांस्कृतिक एक्येबद्धता हामी नेपालीहरुको मौलिक पहिचान हो।’ उनले भने, ‘सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास मुलुकको समृद्धिका आधार हुन्।’
यो वर्ष बाढीपहिरोका कारण मुलुकले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको स्मरण गर्दै उनले संकटको अवस्थाबाट सम्हालिदै सबै नेपालीहरुले आफ्नो सांस्कृतिक पर्व मनाउने अवसरको सिर्जना होस् भन्ने कामना गरेका छन्।