स्थानीय तह उपनिर्वाचन : रुकुम पूर्वमा वडाध्यक्षमा माओवादीका घर्ती निर्विरोध

काठमाडौं : स्थानीय तह उपनिर्वाचनअन्तरगत नेकपा माओवादी केन्द्रले रुकुम पूर्वमा खाता खोलेको छ। पुथाउत्तर गंगा गाउँपालिका-२ मा माओवादीका उम्मेदवार जगतबहादुर घर्ती निर्विरोध निर्वाचित भएको माओवादी नेता तथा रुकुम पूर्वका संघीय सांसद  पूर्ण घर्तीले जानकारी दिए।

उनका अनुसार कांग्रेस-एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्वाचित भएका हुन्। जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष र २ नम्बर वडाको वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो। 

स्थानी तह उपनिर्वाचन मंसिर १६ गते हुँदैछ। आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?