महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
काठमाडौं : सत्तारुढ एमालेले शुक्रबार दरवारमार्गमा गरेको जागरण सभाले वातावरण प्रदूषण गरेको भन्दै काठमाडौं महानगरले जरिवाना तोकेको छ । काठमाडौं महानगरले एक लाख जरिवाना तोकिएको जानकारी गराउदै एमाले केन्द्रीय कार्यालयलाई पत्राचार गरेको हो ।
सूचनामा भनिएको छ,‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौँ महानगरपालिका वडा नं-१ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु.१००,०००र०० अक्षरुपी एक लाख जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध गर्दछु ।’
एमालेले शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा गरेको थियो ।