डोल्पाको त्रिपुरासुन्दरी-५ मा माओवादीका झाक्री विजयी
काठमाडौं : डोल्पाको त्रिपुरासन्दरी नगरपालिका–५ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नरबहादुर झाक्री विजयी भएका छन् ।
मतगणनाको अन्तिम मतपरिणामअनुसार झाक्री १६१ मतसहित वडाध्यक्षमा विजयी भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर रोकाले ११६ र नेपाली कांग्रेसका राजेन्द्र प्रसाद न्यौपानेले २१ मत पाएका छन् ।
यसअघि २०७९ को स्थानीय तह निर्वाचनमा सो वडामा नेकपा एमालेले जितेको थियो । त्यसबेला एमालेका नन्दलाल रोका १०८ मत ल्याएर निर्वाचित भएका थिए ।