सुनको मूल्य तोला १२ सयले घट्यो

काठमाडौँ : आज सुनको मूल्य प्रतितोला रू एक हजार दुई सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आईतबार प्रतितोला रू एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला रू एक लाख ४९ हजार तीन सय कायम भएको छ ।

नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला रू २५ ले घटेर रू एक हजार आठ सय १५ मा कारोबार हुने महासङ्घले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्