हाम्रा नेता नेताजस्ता छैनन्, हाम्रो व्यवहार ढोंगी छ : नेता न्यौपाने

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का नेता लेखनाथ न्यौपानेले नेताहरू हुनुपर्ने जस्ता नभएको बताएका छन् । नेता न्यौपानेले आफ्नो सामाजिक संजालमा फेसबूक नेता तथा कार्यकर्ताको बद्लिदो प्रवृतिबारे कटाक्ष गरेका हुन् ।
'हामी जस्ता हुनुपर्ने त्यस्ता छैनौँ वा हामी हामीजस्ता छैनौँ । पार्टी पार्टीजस्तो छैन । जनवर्गीय संगठन जनवर्गजस्ता छैनन् । नेता नेताजस्ता पटक्कै छैनौँ । कार्यकर्ता कार्यकर्ताजस्ता छैनौँ,' उनले लेखेका छन्।
यसैकारण नेताहरूमा डबल स्ट्यान्डर्ट देखिएको उनले बताएका छन् । 'हाम्रो व्यवहार ढोंगी छ । हाम्रा निर्णय र कार्यान्वयन नक्कली र फर्जी हुन्छन्,' नेता न्यौपाने लेख्छन्, 'ढोंगी बन्नुभन्दा कैयौं विषयमा नबोल्ने बानी बसेको छ ।'