धितोपत्र बोर्डद्धारा समस्या समाधान गर्न पाँच सदस्यीय समिति गठन

काठमाडौं : नेपाल धितोपत्र बोर्डले साधारण शेयर (आइपीओ) सम्बन्धी सम्पूर्ण विवाद समाधान गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।

आइपीओ सम्बन्धमा वर्तमान कानुनी व्यवस्थालाई समसामयिक र प्रभावकारी बनाउने उद्देश्यले समिति गठन गरिएको बोर्डका सहायक कार्यकारी निर्देशक तथा प्रवक्ता निरञ्जय घिमिरेले बताएका छन् ।

समितिले सरोकारवालाहरूको सुझाव र सल्लाह संकलन गरी, दर्ता र निष्काशन सम्बन्धी नियमावलीलाई परिमार्जन गर्ने उपायहरूसहितको प्रतिवेदन बोर्डलाई बुझाउनेछ।

समितिले यसबारेमा विस्तृत अध्ययन गरी प्रभावकारी र दीर्घकालीन समाधानका लागि ठोस प्रस्ताव प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। यसले नेपालको धितोपत्र बजारलाई व्यवस्थित र पारदर्शी बनाउन मद्दत गर्ने विश्वास बोर्डले व्यक्त गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्