तातोपानी नाका सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यक : अध्यक्ष दाहाल

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुपाल्चोकको तातोपानी नाका पुरानै अवस्थामा सञ्चालन गर्न आफूले निरन्तर पहल गरिरहेको बताएका छन् ।
सिन्धुपाल्चोकको सुकुटेमा आयोजित बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्न पुगेका अध्यक्ष दाहालले पत्रकार भेटघाट कार्यक्रममा तातोपानी नाका सञ्चालन गर्न चीन सरकारसँग पटक–पटक कुराकानी भएको बताएका हुन् ।
आफू प्रधानमन्त्री हुँदा र नहुँदा पनि तातोपानी नाका सञ्चालनका लागि पहल गरेको उनले बताए । नाका पुनः सहज रुपमा सञ्चालनमा ल्याउन दुई देशका माथिल्लो तहबाट पहल र प्रयत्न आवश्यक रहेको उनको भनाइ छ ।