सार्वजनिक सेवा प्रसारण संस्थाले देश र जनताप्रति केन्द्रित भएर काम गर्नु पर्नेमा सञ्चारमन्त्री गुरुङको जोड

काठमाडौँ : सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समावेशी चरित्रलाई आत्मसात् गर्दै जनताको सूचनाको हक प्रत्याभूत गराउनु सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) मुख्य दायित्व भएको बताएका छन् । 

साबिक नेपाल टेलिभिजनमा मंगलबार भएको पिएसबीको पूर्वारम्भ कार्यक्रममा  सञ्चारमन्त्री गुरुङले  जनता र देशप्रति केन्द्रित रहेर समावेशिताको ऐना बन्नुपर्नेमा जोड दिएका हुन् ।

मन्त्री गुरुङले पिएसबी सबै वर्ग, क्षेत्र, भाषाभाषी, जातजाति र क्षेत्रको विविधता झल्कने समावेशिता र समानताको ऐना बन्नुपर्ने बताए । उनले विविधताभित्र एकता कायमगर्ने गरी आफ्ना विषयवस्तु चयन गर्न पिएसबीलाई आग्रह गरे ।

विविधताभित्र एकताबद्ध राष्ट्र निर्माणका लागि पिएसबीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउँदै मन्त्री गुरुङले पिएसबीले अब सत्ताको तावेदारी नगरी जनताको सूचनाको हकको प्रत्याभू गर्दै समाज र राष्ट्रप्रतिको दायित्व पूरा गर्नुपर्नेमा जोड दिए । पिएसबीले सहभागितामूलक, समानता र समावेशी अवधारणामा आधारित भएर काम गर्ने विश्वास पनि व्यक्त गरे ।

बहुभाषी, बहुसांस्कृतिक, बहुजातीय हाम्रो समाजमा सबैका भावन समेट्ने उनले सुझाए । अब दैलेखमा बस्ने राउटे देखि तराईमा बस्ने मधेसका सबै जनताले रेडियो सुन्ने र टेलिभिजन हेर्ने अवसर पाउनुपर्छ, सरकारका प्रवक्ता गुरुङले भने,अनि मात्रै यो सार्वजनिक सेवा प्रशारणको सार्थकता रहन्छ । उनले जनतालाई सहि सूचता दिने र सरकारको तथ्यपक आलोचना गर्ने बानीको विकास गर्न सुझाव दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्