विद्यालयमा प्राविधिक र व्यावहारिक सीप सिकाउन आवश्यक : उपराष्ट्रपति यादव

फाइल तस्वीर
काठमाडौं : उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामुदायिक विद्यालयले शैक्षिक ज्ञानका साथमा प्राविधिक र व्यावहारिक सीप सिकाउन आवश्यक भएको बताएका छन् ।चन्द्रागिरि नगरपालिका–१२ स्थित ‘बहुप्राविधिक शिक्षालय भवन’को उद्घाटन गर्दै उनले बालबालिकाले विद्यालय शिक्षामा प्राप्त गरेका प्राविधिक र व्यवहारिक सीपले उनीहरुलाई स्वरोजगार र आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उपराष्ट्रपति यादवले भने, “सबै वर्गका बालबालिकालाई समान अवसर र स्रोत उपलब्ध गराउनुको साथै सामुदायिक विद्यालयको शैक्षकस्तरलाई माथि उठाउन सामुहिक प्रयत्नको खाँचो छ ।”
माध्यमिक शिक्षा परीक्षा (एसईई)मा देशभरका सामुदायिक विद्यालयमा बलम्बु माध्यमिक विद्यालयले मानक कायम गरेको उल्लेख गर्दै उनले आगामी दिनमा उक्त मानक कायम राख्न सुझाव दिए ।