हामी सरकारमा भन्दा जनतामा बढी केन्द्रीत छौँ : अध्यक्ष प्रचण्ड

काठमाठौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकार बनाउने र भत्काउने खेलमा माओवादी नरहेको बताएका छन् । मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा डडेल्धुरा पुगेका प्रचण्डले पत्रकार सम्मेलन मार्फत हामी सरकारमा भन्दा जनतामा बढी केन्द्रीत रहेको बताए ।
‘हाम्रो ध्यान अहिले सरकार तिर छैन्, जनता तिर छ । चिन्ता सरकार सुशासनमा असफल भयो, गलत बाटो हिँडिरहेको छ, यसमा मात्रै हो । उनले भने– जनतामाझ जाने र जनताका पक्षमा ध्यान दिने बेला सरकार भत्काउनेतिर लागिन्न्, उल्टो बाटो हिँडिरहेको सरकारको खबरदारी चाहिँ अवश्यै गरिन्छ ।’
सरकार बन्ने र ढल्ने कुराको घटनाक्रम राम्रोसँग बनिनसकेको उनले बताए । प्रचण्डले वर्तमान सरकार आफ्ना गलत गर्नेलाई पनि बचाउने र अरुका सामान्य नाम जोडिएका भएपनि विरोधीलाई छानीछानी कारवाही गर्ने पक्षमा देखिएकोले त्यतातिर पनि ध्यान दिइरहेको बताए ।
नेपालमा भारत र चीनका नेताहरूको दौडधुपबारे उनले सगरमाथा संवाद केन्द्रीय आगमन भएकोले अन्यथा लिन नहुने बताए । सरकारले बोलाइएको हुनाले आएका हुन्, चिनबाट मात्रै होइन्, भारत र अन्य देशबाट पनि धेरैको सहभागिता संवादमा भएको होला, यसलाई अन्यथा लिनु हुँदैन उनले भने ।
उनले छिमेकी हुनुको नाताले अझ धेरै आका होलान्, त्यसलाई त्यसरी नै बुझौँ । वाम एकता बारे पत्रकारले सोधेको प्रश्नमा उनले २०८४ को चुनावसम्म संभावना नरहेको बताए । एकताकै लागि प्रयास गरियो, एक पनि भइयो, पार्टी एकीकरण नै गरियो, तर नराम्रोसँग धोका खाइयो, हामीभन्दा बढी जनतालाई धोका भयो, केपी जीसँग मिल्ने चाहना तत्काल संभव छैन् ।
उनले हुलाकी राजमार्ग केन्द्रीय जागरण अभियान असाधारण रूपले सफल भएको बताए । गरिब, मजदुर, मधेसी, थारु सहीतका विपन्न समुदायको बसोबास क्षेत्रमा पुगेर जनतासँग जोडिनु माओवादीका लागि ऐतिहासिक सफलता भएको हो, उनले भने– अभियानका क्रममा १ करोड बढीसँग प्रत्यक्ष भेटघाट भयो ।
उनले पार्टी उपाध्यक्ष, महासचिवसहितका नेताहरुलाई दायाँबायाँ राखेर पत्रकार सम्मेलन गराएका हुन् । सम्मेलन प्रेस सेन्टरले आयोजना गरेको हो । मध्यपहाडी लोकमार्गको उद्घाटन माओवादीले वैतडीको पाटनबाट सुरु गर्दै छ । समापन सोलुखुम्बुको सोलु पुगेर गर्ने निर्णय माओवादीको छ ।