एसीसी यू-१६ इस्ट जोनमा आज नेपालले जापानको सामना गर्दै

काठमाडौँ : नेपालले एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता अन्तर्गत आज दोस्रो खेल जापानविरुद्ध खेल्दैछ । यो खेल नेपाली समय अनुसार यो खेल आज बिहान ७: ४५ बजेदेखि शुरु हुदैछ ।
आज माल्दिभ्स र मलेसिया तथा सिंगापुर र इन्डोनेसियाबीच पनि खेल हुदैछ ।
प्रतियोगितामा नेपाल र जापान दुवैले विजयी शुरुवात गरेका छन् । पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ भने जापानले भुटानलाई २१५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
यस प्रतियोगितामा नेपालसहित सिंगापुर, जापान, इन्डोनेसिया, भुटान, हङकङ चाइना, मलेसिया, थाइल्याण्ड, म्यान्मार र माल्दिभ्सका यू-१६ टिम खेल्दैछन् ।
प्रतियोगिता अन्तर्गत अब नेपालले जुन २९ मा इन्डोनेसियाविरुद्ध र जुलाई १ मा भुटानविरुद्ध खेल्ने तालिका रहेको छ ।
विपिन प्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय यू-१६ टिम मलेसियामा यो प्रतियोगिता खेलिरहेको छ ।