संसद्‌को बजेट अधिवेशन वैशाख २५ गते बोलाउने सरकारको तयारी

काठमाडौँ :सरकारले संघीय संसद्‌को बजेट अधिवेशन आगामी वैशाख २५ गते बोलाउने तयारी गरेको छ। सञ्चारकर्मीहरुसँग बुधबार कुराकानी गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संसद्‌को आगामी बजेट अधिवेशन वैशाख २५ गते बोलाउने तयारी गरिएको जानकारी दिए।

उनले आगामी अधिवेशनमा समितिमा छलफलका क्रममा रहेका विधेयकहरुलाई छिट्टै टुंग्याएर संसदमा लैजाने तयारी भइरहेको बताए। त्यस्तै संविधान र संघीयतालाई कार्यान्वयन गर्ने सवालमा थुप्रै ऐनहरु संशोधन गर्नु आवश्यक रहेको भन्दै ऐन संशोधन गर्ने गरी अगाडि बढिने पनि उनको भनाइ छ।

उनले बजेट अधिवेशन भए पनि धेरैभन्दा धेरै विधेयक पारित हुने विश्वास व्यक्त गरे। मन्त्री गिरीले सहकारी समस्या समाधानका लागि अध्यादेश ल्याउन सकिने पनि जानकारी गराए। यद्यपि, छिटो पारित गर्ने गरी संसद्‌मा विधेयक नै आउन सक्ने पनि उनले बतााए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्