अत्यधिक गर्मी बढेसँगै बुटवलका विद्यालय दुई दिन बन्द

अत्यधिक गर्मी र तातो हावा चल्न थालेपछि बुटवल उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। वार्षिक बिदाबाट कट्टी हुनेगरी आज र भोलि विद्यालय बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जानकारी दिए। 

गर्मी र तातो हावाले विद्यार्थीहरूको स्वास्थ्यमा गम्भीर असर पर्ने सम्भावनालाई मध्यनजर गरेर बिदा दिने निर्णय भएको उनले बताए। बुटवलका सामुदायिक र संस्थागत सबैमा उक्त निर्णय लागु हुने छ। बुटवल उपमहानगरपालिकामा संस्थागत ५९ र सामुदायिक ३९ गरी कुल ९८ वटा विद्यालय छन्। 

कुल ५५ हजार विद्यार्थी उपमहानगरपालिका क्षेत्रमा अध्ययनरत छन्। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षा यथावत् रहेको उपमहानगरपालिकाले जनाएको छ।

दुई दिनपछि मौसमको अवस्था हेरी थप बिदाको निर्णय गरिने खनालले बताए। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्