राष्ट्रपतिसमक्ष उपनिर्वाचन परिणामको प्रतिवेदन पेश

काठमाडौं : निर्वाचन आयोगले यही वैशाख १५ गते सम्पन्न उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको छ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचनको परिणाम पेश गरेका हुन्।

वैशाख १५ गते इलाम -२ प्रतिनिधिसभा सदस्य र बझाङ १ (१) मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन भएको थियो। निर्वाचनमा बझाङमा एमालेका दमन भण्डारी र इलाममा एमालेकै सुहाङ नेम्बाङ विजयी भएका छन्।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्