दुई महिनामा हिमाल आरोहणबाट ६३ करोड ५७ लाख राजस्व सङ्कलन


काठमाडौँ :  यस महिना (मार्च १ देखि अप्रिल २९ गते ) सम्म मात्र हिमाल आरोहणबाट ६३ करोड ५७ लाख ८१ हजार २५१ रुपियाँ राजस्व सङ्कलन भएको छ । पर्यटन विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ३० वटा हिमाल आरोहणका लागि लिइएको सलामी दस्तुर अर्थात् आरोहण शुल्क बापत उक्त रकम सङ्कलन भएको जनाएको छ । 

मार्च १ देखि अप्रिल २९ गतेसम्म यो राजश्व जम्मा भएको विभागका शाखा अधिकृत दिलीपकुमार महर्जनले जानकारी दिए  । यी मध्ये सबै भन्दा धेरै ५५ करोड ८५ लाख ४४ हजार ४४९ रुपियाँ राजस्व सगरमाथा हिमालबाट मात्र सङ्कलन भएको छ ।

यो अवधिभर १०२ वटा आरोहण दलबाट ९१५ जना आरोहीले हिमाल आरोहण अनुमति लिएको विभागले जनाएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्