उपराष्ट्रपति र यूरोपेली संघका राजदूतबिच भेट
काठमाडौँ : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि यूरोपेली संघ ९ईयू०का राजदूत भेरोनिक लोरेज्नोले शिष्टाचार भेट गरेका छन् ।
उपराष्ट्रपति यादव र ईयूका राजदूत लोरेज्नोबिच लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार शिष्टाचार भेट भएको हो ।
भेटमा शुभकामना आदानप्रदानपछि द्विपक्षीय सम्बन्ध, जलवायु परिवर्तन लगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको राष्ट्रपति यादवको सचिवालयले जनाएको छ ।