योग पूर्वीय ज्ञान र संस्कृतिको अभिन्न अंश : राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले योग, ध्यान र साधनाले शरीर, मन र आत्मालाई सन्तुलनमा ल्याउँने तनावबाट मुक्त गराउने र सकारात्मक उर्जा प्राप्त हुने विश्वास गरेका छन् ।

बिज्ञापन

शनिबार अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले योगको माध्यमबाट हाम्रो दैनिक कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने,सकारात्मक सोचको विकास हुने, आन्तरिक उर्जा प्राप्त हुने र आत्मप्रेरणा हासिल हुनेलगायत सकारात्मक गुणको विकास हुन सक्ने बताएका हुन् ।

बिज्ञापन

उनले योगले मन र शरीरलाई जोड्नुका साथै ज्ञान, कर्म, चेतना एवम् स्थिरतातर्फ डोर्‍याउने भएकाले मानिसलाई स्वस्थ्यकर जीवनयापनका लागि शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योग अभ्यासले सहयोग पुर्‍याउँने बताए ।

‘‘नेपालमा सांस्कृतिक क्षेत्रको भौतिक तथा अभौतिक सम्पदाहरूमा योग विज्ञानको प्रयोग भएको पाइन्छ । योगलाई मुलुकको राष्ट्रिय नीति, शैक्षिक पाठ्यक्रम तथा जनस्वास्थ्यको क्षेत्रमा अभिन्न अङ्गको रुपमा स्थापित गर्दै यस क्षेत्रको विकासमा थप कार्य गर्न आवश्यक रहेको म ठान्दछु ।’’ उनले भने , ‘‘विश्वव्यापी रुपमा एकता, शान्ति र स्वास्थ्यको सन्देश प्रवाह गर्ने योग हजारौं वर्ष पुरानो पूर्वीय ज्ञान र संस्कृतिको अभिन्न अंशको रुपमा रहेको देखिन्छ । विभिन्न कारणबाट मानिसमा देखिने तनाव तथा प्रदूषण र प्रतिस्पर्धा आदिबाट जटिल बन्दै गएको मानव जीवनलाई सहज, सरल र स्वस्थ्य बनाउन योग अभ्यासलाई जीवन शैलीका रुपमा उपयोग गर्न जरुरी छ ।’’

बिज्ञापन

राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय योग दिवस  (जुन २१) , २०२५ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् सुस्वास्थ्यको हार्दिक शुभकामना समेत व्यक्त गरेका छन् । 

संयुक्त राष्ट्रसंघको महासभाबाट  सन् २०१४ को डिसेम्बर ११ का दिन पारित प्रस्ताव अनुसार सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन सुरू  गरिएको हो । 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

काँग्रेसले भन्यो- भय र भ्रमको शासन बन्द गर !

आज दिनभरका प्रमुख २० समाचार

सिंहदरबारमा रमिता चलिरहेको छ- विश्वप्रकाश शर्मा

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

महानिरीक्षक परिवर्तन बारे ओलीको टिप्पणी- आफुले अर्हाएको काम गर्छ भनेर बनाएको होला !

न्युजिल्यान्डलाई हराउँदै भारतले लियो पाँच खेलको सिरिजमा अग्रता

अर्थमन्त्री डा. वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

नवीकरणीय ऊर्जालाई आर्थिक समृद्धिको आधार बनाउनुपर्छ- मन्त्री श्रेष्ठ