आबुधाबीमा मिसाइलको भग्नावशेष खस्दा सात नेपालीसहित १२ जना घाइते

काठमाडौँ : युएईको अबुधाबीमा इरानी मिसाइल तथा ड्रोनलाई हवाई प्रतिरक्षा प्रणालीले नष्ट गर्दा खसेको भग्नावशेषका कारण सात नेपालीसहित १२ जना घाइते भएका छन्। अबुधाबी मिडिया अफिसका अनुसार अजबान क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीले क्षेप्यास्त्र र मानवरहित हवाई वाहन (ड्रोन) लाई बिचैमा नष्ट गरेपछि खसेको भग्नावशेषका कारण १२ जना घाइते भएका थिए ।

बिज्ञापन

घाइतेमध्ये एक नेपाली नागरिक गम्भीर घाइते भएका छन् भने अन्य छ नेपाली र पाँच जना भारतीय नागरिक सामान्य रहेको उल्लेख छ । घटनामा कुल सात नेपाली घाइते भएका थिए ।

बिज्ञापन

अबुधाबी प्रशासनले आपतकालीन टोली परिचालन गरी प्रभावित क्षेत्रमा पुगेर घाइतेहरूलाई तत्काल चिकित्सा सहायता प्रदान गरेको उल्लेख गरेका छन् ।

युएई रक्षा मन्त्रालयले हवाई रक्षा प्रणालीले मिसाइल र ड्रोनको खतरालाई निषेध गरेको पुष्टि गरेको छ । रक्षा अभियानका क्रममा केही क्षेत्रमा ठूलो आवाज सुनिएको मन्त्रालयले बताएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

यस्तो छ तिहारको भाइटीकाको शुभसाइत

बालेनदेखि गगन थापासम्ममाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न लोकपाल आवश्यक : रवि किरण हमाल

आज दिनभरका प्रमुख २० समाचार

एनपीएल : पोखरामाथि लुम्बिनी लायन्सको सहज जित

शिक्षक सेवा आयोगको अठारौँ वार्षिक प्रतिवेदन शिक्षामन्त्रीसमक्ष पेस

अमेरिकामा मध्यावधि निर्वाचनका लागि मतदान सुरु

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

टोपबहादुर रायमाझी कात्तिक २६ गते रिहा हुदै