कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति चिकित्सक संघको आपत्ति

काठमाडौँ : नेपाल चिकित्सक संघले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिज्ञापन

संघले क्यान्टिनमा खाजा खाँदै गरेका चिकित्सकमाथि आफूलाई युवा अभियन्ता बताउने व्यक्तिले दुर्व्यवहार गर्नुका साथै आक्रमणको धम्की दिएको र उक्त घटनाको भिडियो बनाएर सामाजिक सञ्जालमार्फत अफवाह फैलाइएको आरोप लगाएको छ ।

बिज्ञापन

संघले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि तथ्यहीन आरोप लगाई समाजमा भ्रम सिर्जना गर्ने कार्यको कडा निन्दा गरेको छ । यस्ता गतिविधिले नागरिक र स्वास्थ्यकर्मीबीच दूरी बढाउने तथा सेवा प्रवाहमा समेत असर पार्ने संघको भनाइ छ ।

घटनामा संलग्न व्यक्तिलाई कडा कारबाही गर्न र चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति गर्न सम्बन्धित निकायसँग संघले माग गरेको छ । साथै यस्ता घटना पुनः दोहोरिन नदिन आवश्यक कानुनी कदम चाल्न सरकारसँग आग्रह गरिएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

आज दिनभरका प्रमुख २० समाचार

परराष्ट्रमन्त्री खनाल र बेलायती राजदूत फेनबीच भेटवार्ता

चन्द्र भण्डारीको टिप्पणी- पदले विवेक गुमाए विधि र कानुनले हस्तक्षेप गर्नुपर्छ

चितवन राइनोजमाथि सुदूरपश्चिम ५ विकेटले विजयी

कांग्रेसले निर्वाचन आयोगमा बुझायो नयाँ केन्द्रीय कार्यसमितिको विवरण

पहिलो त्रैमासिकमा २ हजार ७७ हराएका बालबालिका फेला, ५२ को उद्धार

काठमाडौँ फिल्म फेस्टिभलमा के के भयो ?

जापानका प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिए