नेपाली श्रमिकका लागि विदेशमा सेल्टर हाउस स्थापना गर्न एनआरएनएको आग्रह

काठमाडौँ : गैरआवासीय नेपाली संघले नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा समस्यामा परेका श्रमिकको तत्काल उद्धार र सुरक्षित बसोबासका लागि सरकारले सेल्टर हाउस स्थापना गर्नुपर्ने माग गरेको छ ।

बिज्ञापन

गोन्जाउमा जारी एसिया प्रशान्त क्षेत्रीय सम्मेलनअन्तर्गत ‘सुरक्षित वैदेशिक रोजगार र पुनःएकीकरण’ विषयक सत्रमा सहभागीहरूले श्रमिक समस्यामा पर्दा तत्काल राख्ने सुरक्षित स्थान नहुँदा उद्धारमा खटिने एनआरएनए प्रतिनिधिसमेत समस्यामा पर्ने गरेको बताएका छन् ।

बिज्ञापन

एनआरएनएले मलेसियालगायत प्रमुख श्रम गन्तव्यमा सेल्टर, अस्पताल र सीप तालिम केन्द्र स्थापना गर्न, श्रमिकलाई कानुनी सहायता र संरक्षण उपलब्ध गराउन तथा वैदेशिक रोजगार राहत कोषको प्रभावकारी उपयोग गर्न सरकारसँग आग्रह गरेको छ ।

एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेले वैदेशिक रोजगारीमा जानुअघि श्रमिकलाई अनिवार्य सीप सिकाउने व्यवस्था गर्नुपर्ने र एनआरएनए प्रतिनिधिलाई अवैतानिक श्रमिक दूतको मान्यता दिनुपर्ने बताएका थिए ।

बिज्ञापन

एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले वैदेशिक रोजगारीका विषयमा थप छलफल आवश्यक रहेको भन्दै केही महिनाभित्र नेपालमा बृहत् सम्मेलन आयोजना गर्ने जानकारी दिए ।

सम्मेलनमा दक्ष जनशक्ति उत्पादन, विदेशमा रहेका श्रमिकको सुरक्षा, उद्धार, कानुनी सहायता र स्वदेश फर्किएका श्रमिकको पुनःएकीकरणका विषयमा सरकार, निजी क्षेत्र र एनआरएनएबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

यस्तो छ तिहारको भाइटीकाको शुभसाइत

बालेनदेखि गगन थापासम्ममाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न लोकपाल आवश्यक : रवि किरण हमाल

आज दिनभरका प्रमुख २० समाचार

एनपीएल : पोखरामाथि लुम्बिनी लायन्सको सहज जित

शिक्षक सेवा आयोगको अठारौँ वार्षिक प्रतिवेदन शिक्षामन्त्रीसमक्ष पेस

अमेरिकामा मध्यावधि निर्वाचनका लागि मतदान सुरु

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

टोपबहादुर रायमाझी कात्तिक २६ गते रिहा हुदै