कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सांसद प्रकाश देउवा पदमुक्त

धनगढी : सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका सांसद प्रकाश देउवा पदमुक्त भएका छन् । प्रदेशसभाका लगातार २५ बैठकमा अनुपस्थित भएपछि सभामुख भीमबहादुर भण्डारीले देउवालाई पदमुक्त गर्ने निर्णय गरेका हुन् ।

बिज्ञापन

कैलाली-५ को प्रदेशसभा ‘२’ बाट निर्वाचित तथा पूर्वमन्त्रीसमेत रहेका देउवा २०८२ असोजदेखि प्रदेशसभाका बैठकमा सहभागी भएका छैनन् । बैठकमा अनुपस्थित रहे पनि उनले प्रदेशसभाबाट प्राप्त हुने पारिश्रमिक तथा अन्य सुविधा भने लिँदै आएको जनाइएको छ ।

बिज्ञापन

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि देउवा प्रदेशसभा सचिवालयलाई कुनै जानकारी नदिई अमेरिका गएको र हालपनि अमेरिकामै रहेको बताइएको छ ।

प्रदेशसभा नियमावली, २०८० को नियम १(३) अनुसार सभाको जानकारीबिना लगातार १० बैठकमा अनुपस्थित भएमा प्रदेशसभा सदस्यको पद रिक्त हुने व्यवस्था छ । देउवाले लगातार १० बैठकमा अनुपस्थित भएपछि आफू अमेरिका रहेको जानकारी सभामुखलाई गराएपनि लामो समयसम्म प्रदेशसभा बैठकमा उपस्थित नभएपछि सभामुखले पदमुक्त गर्ने निर्णय गरेको बताइएको छ ।

बिज्ञापन

देउवा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका भतिजा हुन् । सभामुखले पदमुक्त गर्ने निर्णय गरिसकेको र प्रदेशसभा बैठकमा औपचारिक जानकारी गराउने प्रदेश सभा सचिवालय स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, पसलमा लुटपाट

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिँदै

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाइने

बङ्गालको खाडीमा विकसित नयाँ चक्रवातले नेपालको मौसममा प्रभाव नपार्ने

बाँकेको अम्बे स्टिलमा आगलागी: घाइते आठ मध्ये दुई जनालाई लखनउ लगियो

रास्वपाले स्थानीय निर्वाचनका उम्मेदवार छनोट गर्न बनायो सात उपसमिति

देश ठूलो संकटतर्फ उन्मुख भइरहेको संकेत देखियो- डा. बाबुराम भट्टराई

गगन थापाले आज विशेष सम्बोधन गर्दै