इंग्ल्यान्डविरुद्ध श्रीलंकाको ऐतिहासिक जित

काठमाडौं : श्रीलंकाले एकदिवसीय क्रिकेटमा ४३० रनको लक्ष्य पूरा गर्दै इंग्ल्यान्डलाई पराजित गरेको छ । पाकिस्तानको रावलपिण्डीमा भएको त्रिदेशीय शृङ्खलाको खेलमा श्रीलंकाले ४९.५ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । यो एकदिवसीय क्रिकेट इतिहासकै दोस्रो ठूलो सफल लक्ष्य पछ्याउने कीर्तिमान हो ।

बिज्ञापन

पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले कप्तान ह्यारी ब्रुकको कीर्तिमानी दोहोरो शतकको मद्दतमा ५० ओभरमा ४ विकेट गुमाएर ४२९ रन बनाएको थियो । ब्रुकले ११६ बलमा २०२ रन बनाए भने विल ज्याक्सले ३० बलमा अविजित ६६ रन जोडेका थिए ।

बिज्ञापन

४३० रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले सुरुमै दुई विकेट गुमाए पनि पवन रत्नायकेले १०६ बलमा १३० रन बनाउँदै टोलीलाई सम्हालेका थिए । अविष्का फर्नान्डोले ९७ रन बनाए भने दासुन शनाकाले ५० बलमा ९७ रनको आक्रामक पारी खेलेका थिए ।

अन्तिम ओभरमा श्रीलंकालाई ६ बलमा ७ रन आवश्यक थियो । जनिथ लियानागेले २७ बलमा अविजित ६१ रन बनाउँदै अन्तिम ओभरको पाँचौँ बलमा छक्का प्रहार गरेर टोलीलाई ऐतिहासिक जित दिलाए ।

बिज्ञापन

इंग्ल्यान्डका जोस टङले तीन विकेट लिए भने साम करनले दुई विकेट हात पारे । त्रिदेशीय शृङ्खलामा आयोजक पाकिस्तानसहित इंग्ल्यान्ड र श्रीलंका सहभागी छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

आज दिनभरका प्रमुख २० समाचार

न्युजिल्यान्डसँग भारत ७ विकेटले पराजित, शृङ्खला भने ३–२ ले जित्यो

एनपीएल : जनकपुर बोल्ट्सको अर्को जित, पोखरा लगातार दोस्रो खेलमा पराजित

स्वतन्त्र प्रेसको रक्षा गर्न इन्सेकको माग

एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ- प्रधानमन्त्री शाह

पत्रकार धरपकडको विषय गम्भीर हो, सामान्यीकरण नगरौं- सभापति थापा

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, पसलमा लुटपाट

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिँदै