काठमाडौं : दसैंपछि आइतबार पहिलो पटक खुलेको बजारमा सुनचाँदीको मूल्य घटेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ९५५ रुपैयाँ रहेको छ।
बिज्ञापन
यसअघि गत कार्तिक २ गते सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँ र चाँदीको मूल्य चार हजार १८५ रुपैयाँ रहेको थियो।
यसअनुसार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँ घटेको छ। यसरी दसैं बिदापछि खुलेको बजारमा दुवै धातुको मूल्यमा उल्लेख्य गिरावट देखिएको हो।















