एनपीएलमा दर्शकलाई सास्ती, क्यानले सुनेन गुनासो

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सफलतापूर्वक सञ्चालन भइरहँदा पनि दर्शकले भोग्नुपरेका आधारभूत समस्याबारे नेपाल क्रिकेट संघको ध्यान नगएको भन्दै गुनासो बढेको छ ।मैदान र खेलको आकर्षण बढे पनि टिकट व्यवस्थापन, पार्किङ, शौचालय, खानेपानी र खानाको मूल्यजस्ता विषयमा दर्शकले असुविधा भोग्नुपरेको गुनासो गरेका छन् ।

बिज्ञापन

दर्शकका अनुसार पहिलो संस्करणदेखि उठ्दै आएका समस्या दोस्रो र तेस्रो संस्करणसम्म पनि दोहोरिएका छन् । जस्तै, अनलाइनबाट टिकट खरिद गरेपछि पनि प्रवेशद्वारमा क्युआर सङ्केत देखाएर भौतिक टिकट लिनुपर्ने बाध्यताले अनावश्यक झन्झट थपेको छ । त्यस्तै, प्रयोग गरिएका टिकट च्यातेर मैदान परिसरमै फालिँदा फोहोर बढ्ने समस्या पनि देखिएको छ ।

बिज्ञापन

पार्किङ व्यवस्थापन पनि दर्शकको अर्को प्रमुख गुनासो बनेको छ । खेल सकिएपछि राति ९ बजेसम्म पनि आफ्नो सवारीसाधनसम्म पुग्न १० मिनेटभन्दा बढी हिँड्नुपर्ने र पार्किङ शुल्क महँगो भएको उनीहरूको गुनासो छ । मैदानमा पर्याप्त शौचालय र पिउने पानीको व्यवस्था नहुनुका साथै खानाको मूल्य महँगो हुँदा दर्शकलाई थप समस्या परेको बताइएको छ ।

एनपीएलको मैदान र खेलको स्तर राम्रो देखिए पनि दर्शकको सुविधालाई प्राथमिकता नदिइएको भन्दै समर्थकहरुले सामाजिक सञ्जालमा व्यापक रुपमा प्रश्न उठाए पनि क्यानले यसलाई नजरअन्दाज गरेको देखिएको छ ।

बिज्ञापन

दर्शकले टिकट किन्नुका साथै समय, पैसा र मेहनत खर्च गरेर प्रतियोगितालाई समर्थन गरिरहेका छन् । त्यसैले उनीहरूले सहज प्रवेश, उचित पार्किङ, सफा परिसर, पिउने पानी, शौचालय र उचित मूल्यमा खाना पाउने व्यवस्था अपेक्षा गरेका छन् । अर्कोकुरा, नेपाली क्रिकेटलाई समर्थकको अपार समर्थनको कथा विश्वभर चर्चित छ तर डेढ अर्ब भन्दा बढीको कारोबार हुने गरि प्रतियोगिता संचालन भइरहदा यसका प्रमुख सरोकारवाला दर्शका न्युनतम सुविधामा पनि क्यानले ध्यान दिएको देखिएको छैन ।

यसअघि पहिलो र दोस्रो संस्करणमा पनि दर्शकले यी विषय उठाएका थिए तर क्यानले आगमी समयमा सुधार गर्ने बताएपनि त्यसलाई यस सिजनमा पनि बिर्सेको आम दर्शकको गुनासो छ ।

उनीहरुले दर्शकलाई भरिभराउ मैदान देखाउने माध्यमका रूपमा मात्र नभई प्रतियोगिताका महत्वपूर्ण साझेदारका रूपमा सम्मान गर्नुपर्ने प्रश्न उठाएका छन् ।

अर्को पक्ष, आइसीसीको मान्यता, डिआरएस प्रविधिले प्रतियोगिताको उचाई बढिरहेका बेला आउदा दिनमा दर्शकप्रतिको उपेक्षाले उनीहरु मैदानसम्म आउन छोडे भने के हुन्छ ? भन्ने तर्फ क्यानको समयमै ध्यानजानुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ- प्रधानमन्त्री शाह

पत्रकार धरपकडको विषय गम्भीर हो, सामान्यीकरण नगरौं- सभापति थापा

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, पसलमा लुटपाट

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिँदै

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाइने

बङ्गालको खाडीमा विकसित नयाँ चक्रवातले नेपालको मौसममा प्रभाव नपार्ने

बाँकेको अम्बे स्टिलमा आगलागी: घाइते आठ मध्ये दुई जनालाई लखनउ लगियो

रास्वपाले स्थानीय निर्वाचनका उम्मेदवार छनोट गर्न बनायो सात उपसमिति