अविरल वर्षाले तीन राष्ट्रिय राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध

काठमाडौं : गए रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गका केही स्थानमा सडक अवरुद्ध भएका छन्। सडकमा लेदो, गेग्रान तथा पहिरो खसेपछि यातायात आवागमन प्रभावित भएको हो ।

बिज्ञापन

प्राप्त विवरणअनुसार बीपी राजमार्गअन्तर्गत पिन्थलीलगायतका स्थानमा लेदो तथा गेग्रान जम्मा हुँदा सडक अवरुद्ध भएको छ । अवरोध हटाएर यातायात सञ्चालनमा ल्याउन आवश्यक जनशक्ति तथा उपकरण परिचालन गरिएको छ ।

बिज्ञापन

त्यस्तै, कान्ति राजमार्गको मकवानपुर खण्डमा यातायात सञ्चालनमा रहे पनि ललितपुरको छपेलीलगायतका स्थानमा सडक अवरुद्ध भएको छ । ती स्थानमा पनि अवरोध हटाउने काम भइरहेको छ ।

मालढुङ्गा–बेनी–जोमसोम सडकअन्तर्गत लामाखेत, महाभीर, कागबेनी, छुसाङ र छोसेरलगायतका स्थानमा सडक अवरुद्ध भएको छ । वर्षा जारी रहेकाले मौसम र सडक सुरक्षाको अवस्था मूल्याङ्कन गरेर मात्रै यातायात सञ्चालन गरिने जनाइएको छ ।

बिज्ञापन

अवरुद्ध सडक यथाशीघ्र सञ्चालनमा ल्याउन पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक विभाग र मातहतका डिभिजन कार्यालयहरूलाई सक्रिय रूपमा परिचालन गरिएको छ । सडक खुलाउने काम भइरहेको भए पनि वर्षा र पहिरोको जोखिमलाई ध्यानमा राखेर यात्रा गर्न सरकारले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, पसलमा लुटपाट

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिँदै

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाइने

बङ्गालको खाडीमा विकसित नयाँ चक्रवातले नेपालको मौसममा प्रभाव नपार्ने

बाँकेको अम्बे स्टिलमा आगलागी: घाइते आठ मध्ये दुई जनालाई लखनउ लगियो

रास्वपाले स्थानीय निर्वाचनका उम्मेदवार छनोट गर्न बनायो सात उपसमिति

देश ठूलो संकटतर्फ उन्मुख भइरहेको संकेत देखियो- डा. बाबुराम भट्टराई

गगन थापाले आज विशेष सम्बोधन गर्दै