विराटनगरको पहिलो जित, सुदूरपश्चिम ३५ रनले पराजित

काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले पहिलो जित हासिल गरेको छ ।  शनिबार राति सम्पन्न खेलमा विराटनगरले सुदूरपश्चिमलाई ३५ रनको अन्तरले पराजित गरेको हो ।

बर्षाका कारण ५-५ ओभरमा खेलाइएको खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछाएको सुदूरपश्चिम रोयल्सले ५ ओभरमा ३ विकेट गुमाएर ७० रन मात्र बनाएको थियो ।

बिज्ञापन

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको विराटनगरले निर्धारित ५ ओभरमा २ विकेट गुमाएर १०५ रन बनाएको थियो । विराटनगरका लागि शेहान जयसूर्याले ३९ रन बनाएका थिए भने आन्द्रे रसेलले २९ र लोकेश बमले २५ रन बनाएका थिए । त्यस्तै, सुदूरपश्चिमका बलर अविनाश बोहोराले २ विकेट लिएका थिए ।

बिज्ञापन

यो विराटनगरको तेस्रो खेलमा पहिलो जित हो भने सुदूरपश्चिमले ३ खेलमा दोस्रो हार बेहोरेको छ ।

एनपीएल अन्तर्गत आइतबार एक खेल हुदैछ । आइतबार पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स आमने सामने हुदैछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, पसलमा लुटपाट

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिँदै

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाइने

बङ्गालको खाडीमा विकसित नयाँ चक्रवातले नेपालको मौसममा प्रभाव नपार्ने

बाँकेको अम्बे स्टिलमा आगलागी: घाइते आठ मध्ये दुई जनालाई लखनउ लगियो

रास्वपाले स्थानीय निर्वाचनका उम्मेदवार छनोट गर्न बनायो सात उपसमिति

देश ठूलो संकटतर्फ उन्मुख भइरहेको संकेत देखियो- डा. बाबुराम भट्टराई

गगन थापाले आज विशेष सम्बोधन गर्दै