रास्वपाले स्थानीय निर्वाचनका उम्मेदवार छनोट गर्न बनायो सात उपसमिति

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वयका लागि सातवटा उपसमिति गठन गरेको छ ।

बिज्ञापन

पार्टी महामन्त्री एवं उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले विभिन्न विषयगत उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

गठित उपसमितिअन्तर्गत उम्मेदवार क्लबको संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधि उपसमितिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी, समावेशिता तथा महिला सहभागितामा डा. तोसिमा कार्की र क्षमता विकास समन्वयमा टासी ल्हाजोमलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी व्यवस्थापन उपसमितिको संयोजकमा रहबर अन्सारी र प्रचारप्रसार उपसमितिको संयोजकमा मिलन लिम्बूलाई जिम्मेवारी दिइएको रास्वपाले जनाएको छ ।

बिज्ञापन

बैठकले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा पार्टीका तर्फबाट उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिका लागि उम्मेदवार क्लबमार्फत आवेदन खुला गर्ने निर्णयसमेत गरेको छ । पार्टीले उपसमितिहरूमार्फत उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, समावेशी र प्रभावकारी बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, पसलमा लुटपाट

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिँदै

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाइने

बङ्गालको खाडीमा विकसित नयाँ चक्रवातले नेपालको मौसममा प्रभाव नपार्ने

बाँकेको अम्बे स्टिलमा आगलागी: घाइते आठ मध्ये दुई जनालाई लखनउ लगियो

रास्वपाले स्थानीय निर्वाचनका उम्मेदवार छनोट गर्न बनायो सात उपसमिति

देश ठूलो संकटतर्फ उन्मुख भइरहेको संकेत देखियो- डा. बाबुराम भट्टराई

गगन थापाले आज विशेष सम्बोधन गर्दै