जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, पसलमा लुटपाट

काठमाडौं । जर्मनीमा बढ्दो महँगी र सरकारी खर्च कटौतीविरुद्ध भएको प्रदर्शन हिंसात्मक बनेको छ । शनिबार राति फ्र्याङ्कफर्टमा प्रदर्शनकारीले पसलहरूमा लुटपाट गर्नुका साथै प्रहरीसँग झडप गरेका छन् । बर्लिन, कोलोन र ह्याम्बर्गमा पनि हिंसात्मक घटना भएका छन् ।

बिज्ञापन

‘जेन्जी रेगेल्ट’ नामक अभियानको आह्वानमा हजारौँ युवाले प्रदर्शन गरेका थिए । उनीहरूले विद्यालयमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने, बढ्दो जीवनयापन खर्च नियन्त्रण गर्नुपर्ने, सरकारी खर्च कटौती रोक्नुपर्ने र अनिवार्य सैन्य सेवाको व्यवस्था हटाउनुपर्ने माग गरेका थिए । दिनभर भएका प्रदर्शन अधिकांश शान्तिपूर्ण रहे पनि राति हिंसात्मक बनेका थिए ।

बिज्ञापन

प्रहरीका अनुसार प्रदर्शनकारीले पटाका, ढुङ्गा र बोतल प्रहार गरी सुरक्षाकर्मी तथा आपत्कालीन सेवाका कर्मचारीलाई निशाना बनाएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा प्रयोग गरेको थियो ।

फ्र्याङ्कफर्टको मुख्य किनमेल क्षेत्रमा प्रहरीले आवागमनसमेत बन्द गरेको थियो। घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

फ्र्याङ्कफर्ट, म्युनिख र बर्लिनका अधिकारीहरूका अनुसार प्रदर्शनमा कुल १८ हजारसम्म मानिस सहभागी भएका थिए । अभियानकी प्रवक्ता लिना फ्रेडरिकले प्रदर्शनको उद्देश्य युद्ध र जबर्जस्तीको सट्टा शान्ति तथा स्वतन्त्रताको पक्षमा आवाज उठाउनु रहेको बताएकी छन् । उनले स्वास्थ्य र शिक्षा क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने तथा अनिवार्य सैन्य सेवाको भार न्यायोचित रूपमा बाँड्नुपर्ने मागसमेत राखेकी छन् ।

जर्मनीमा भएको प्रदर्शन फ्रान्समा हालै भएका युवाको नेतृत्वका प्रदर्शनपछि भएको हो । फ्रान्समा पनि शनिबार तीन लाख २० हजारभन्दा बढी मानिसले प्रदर्शन गरेका थिए ।

युरोपका विभिन्न देशमा बढ्दो महँगी, सरकारी नीतिप्रति असन्तुष्टि र युवाका समस्या विरोध प्रदर्शनको मुख्य विषय बन्दै गएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, पसलमा लुटपाट

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिँदै

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाइने

बङ्गालको खाडीमा विकसित नयाँ चक्रवातले नेपालको मौसममा प्रभाव नपार्ने

बाँकेको अम्बे स्टिलमा आगलागी: घाइते आठ मध्ये दुई जनालाई लखनउ लगियो

रास्वपाले स्थानीय निर्वाचनका उम्मेदवार छनोट गर्न बनायो सात उपसमिति

देश ठूलो संकटतर्फ उन्मुख भइरहेको संकेत देखियो- डा. बाबुराम भट्टराई

गगन थापाले आज विशेष सम्बोधन गर्दै