एनपीएल : जनकपुर बोल्ट्सको अर्को जित, पोखरा लगातार दोस्रो खेलमा पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आइतबार सम्पन्न खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको छ । जनकपुरले दिएको १४८ रनको लक्ष्य पछाएको पोखराले २० ओभरमा ९ विकेट गुमाउदै १३८ रन बनाएको थियो ।

बिज्ञापन

पोखराका लागि कप्तान कुशल भुर्तेलले ३५ रन बनाए भने विपिन आचार्यले २०, विपिन खत्रीले १७ र किरण ठगुन्नाले १५ रन बनाएका थिए ।

बिज्ञापन

त्यस्तै जनकपुरका बलर मोईन अलीले ३, कप्तान हरमित सिंह र सैफ हसनले २-२ तथा  ललित राजबंशी र जिम्मी निशामले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो । जनकपुरका लागि तृतराज दासले सर्बाधिक ६१ रन बनाएका थिए भने अभिषेक तिवारीले अविजित २४ रन बनाएका थिए भने मोइन अलीले २१ र जिम्मी निशामले ११ रन बनाएका थिए । त्यसैगरी, पोखराका बलर शकिब अल हसनले ३ विकेट र चामिका करुनारत्नेले २ विकेट लिए भने मोहमद सैफुद्दीन र मेहदी हसनले एक एक विकेट लिएका थिए ।

बिज्ञापन

यो जनकपुरको तेस्रो खेलमा दोस्रो जित हो भने पोखराले जारी प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

आज दिनभरका प्रमुख २० समाचार

न्युजिल्यान्डसँग भारत ७ विकेटले पराजित, शृङ्खला भने ३–२ ले जित्यो

एनपीएल : जनकपुर बोल्ट्सको अर्को जित, पोखरा लगातार दोस्रो खेलमा पराजित

स्वतन्त्र प्रेसको रक्षा गर्न इन्सेकको माग

एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ- प्रधानमन्त्री शाह

पत्रकार धरपकडको विषय गम्भीर हो, सामान्यीकरण नगरौं- सभापति थापा

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, पसलमा लुटपाट

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिँदै