न्युजिल्यान्डसँग भारत ७ विकेटले पराजित, शृङ्खला भने ३–२ ले जित्यो

काठमाडौँ : न्युजिल्यान्डले पाँचौँ तथा अन्तिम टी–२० खेलमा भारतलाई ७ विकेटले पराजित गरेको छ । आइतबार, ह्यामिल्टनमा भएको खेलमा भारतले दिएको १९२ रनको लक्ष्य न्युजिल्यान्डले १८ ओभरमै ३ विकेट गुमाएर पूरा गरेको हो । हारका बाबजुद भारतले पाँच खेलको शृङ्खला ३–२ ले जितेको छ ।

बिज्ञापन

शृङ्खलाको पहिलो खेलमा भारत ४ विकेटले विजयी भएको थियो । दोस्रो खेल पनि भारतले ४ विकेटले जितेको थियो । तेस्रो खेलमा भारतले ६ विकेटको जित निकालेको थियो । चौथो खेलमा भने न्युजिल्यान्डले भारतलाई ८७ रनले पराजित गर्दै शृङ्खलामा फर्किएको थियो । अन्तिम खेल पनि जित्दै न्युजिल्यान्डले लगातार दुई खेलमा सफलता हासिल गरे पनि शृङ्खला भारतले आफ्नो पक्षमा पारेको हो ।

बिज्ञापन

अन्तिम खेलमा न्युजिल्यान्डको जितमा टिम साइफर्टले ५० बलमा ९३ रन बनाए । ग्लेन फिलिप्सले अविजित ६५ रनको योगदान दिए। भारतका अर्शदीप सिंह, वरुण चक्रवर्ती र नितीश रेड्डीले समान एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९१ रन बनाएको थियो। भारतका इशान किशनले ३२ बलमा ६१ र कप्तान श्रेयस अय्यरले २३ बलमा ५० रन बनाएका थिए । न्युजिल्यान्डका एडम मिल्नेले चार विकेट लिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

आज दिनभरका प्रमुख २० समाचार

न्युजिल्यान्डसँग भारत ७ विकेटले पराजित, शृङ्खला भने ३–२ ले जित्यो

एनपीएल : जनकपुर बोल्ट्सको अर्को जित, पोखरा लगातार दोस्रो खेलमा पराजित

स्वतन्त्र प्रेसको रक्षा गर्न इन्सेकको माग

एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ- प्रधानमन्त्री शाह

पत्रकार धरपकडको विषय गम्भीर हो, सामान्यीकरण नगरौं- सभापति थापा

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, पसलमा लुटपाट

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिँदै