बंगालको खाडीमा शक्तिशाली चक्रवात ‘मुरासु’, भारतका विभिन्न राज्यमा सतर्कता

काठमाडौं : बंगालको खाडीमा विकसित चक्रवात ‘मुरासु’ शक्तिशाली आँधीमा परिणत भएको छ । भारतीय मौसम विभागका अनुसार सोमबार बिहान चक्रवात चेन्नईबाट २६० किलोमिटर र नेल्लोरबाट २९० किलोमिटर टाढा रहेको थियो । प्रतिघण्टा २० किलोमिटरको गतिमा अघि बढिरहेको चक्रवात नोभेम्बर २ रातिदेखि ३ तारिख बिहानसम्म आन्ध्र प्रदेशको ओंगोल नजिक समुद्री तटमा ठोक्किने सम्भावना छ । त्यसबेला हावाको गति प्रतिघण्टा १०० देखि ११० किलोमिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

बिज्ञापन

एक साताभित्र बंगालको खाडीमा विकसित भएको यो दोस्रो चक्रवात हो । यसअघि अक्टोबर २८ मा ‘अर्नब’ नामको चक्रवात आन्ध्र प्रदेशको तटमा ठोक्किएको थियो । ‘मुरासु’ को प्रभाव मध्यप्रदेश, छत्तीसगढ, ओडिशा, आन्ध्र प्रदेश, तमिलनाडु, केरल, तेलंगाना, कर्नाटक र महाराष्ट्रसम्म पर्ने अनुमान गरिएको छ ।

बिज्ञापन

भारतीय मौसम विभागले आन्ध्र प्रदेश, रायलसीमा र ओडिशामा तीव्र हावाहुरी तथा भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै ओरेन्ज चेतावनी जारी गरेको छ । नोभेम्बर २ र ३ मा ओडिशामा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ । तमिलनाडु, केरल, कर्नाटक, पुडुचेरी, तेलंगाना र छत्तीसगढमा एलो चेतावनी जारी गरिएको छ ।

नोभेम्बर ४ मा आन्ध्र प्रदेशमा आँधीहुरी र वर्षाको उच्च जोखिम रहेकाले रातो सतर्कता जारी गरिएको छ । छत्तीसगढ र ओडिशामा सुन्तला तथा मध्य महाराष्ट्र, विदर्भ, उत्तरी कर्नाटक, तेलंगाना, रायलसीमा, आन्ध्र प्रदेश र केरलमा एलो चेतावनी जारी गरिएको छ । यसैबीच, उत्तर प्रदेशका १० सहरमा सोमबार बिहान बाक्लो हुस्सु लागेको थियो भने बिहारको सुपौलमा हुस्सुका कारण दृश्यता ६० मिटरसम्म घटेको थियो । उत्तराखण्डका पाँच पहाडी जिल्लामा वर्षा र हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।

बिज्ञापन

यता नेपालमा भने मौसम पूर्वानुमान महाशाखाले यो नयाँ चक्रवातले नेपालको मौसममा उल्लेखनीय प्रभाव पार्ने सम्भावना नरहेको बताएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

रजनीकान्तको चलचित्र ‘जेलर २’ ले कति कमायो ?

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट थप १५० हेक्टर जमिन सिँचाइ

चलचित्र ‘चिरञ्जीवी भवः’ को पोस्टर सार्वजनिक, माघ १ गते प्रदर्शन हुने

रौतहटका तीन ठेक्का तोडियो

सञ्चालनमा आयो मोरङको केरौन १३२ केभी सबस्टेसन

जीवन सुनुवार निर्देशित ‘भकुण्डे भूत’ ले जित्यो सर्ट भिडियो च्यालेञ्जको अवार्ड

बंगालको खाडीमा शक्तिशाली चक्रवात ‘मुरासु’, भारतका विभिन्न राज्यमा सतर्कता

स्वास्थ्य अवस्था बिग्रिएपछि डा. गोविन्द केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो